स्थापना र सुरुवात
नेपाली भाषा स्थापना गर्ने, पहिलो कार्यक्रम लेख्ने र चलाउने सबै चरणहरू।
आवश्यकताहरू
नेपाली कम्पाइलर Rust मा लेखिएको छ। तपाईंले यी मध्ये कुनै एकबाट कमाइलर पाउन सक्नुहुन्छ:
- Windows स्थापक (Installer):
nepali-setup.exeडाउनलोड गरी चलाउनुहोस् — PATH र Start Menu स्वचालित रूपमा सेट हुन्छ। - प्रि-बिल्ट binary: GitHub Releases पृष्ठबाट।
- Rust टूलचेन (source बाट build): rustup.rs बाट स्थापना गर्नुहोस्।
स्थापना
Windows मा (Installer)
- नेपाली प्रोग्रामिङ भाषा डाउनलोड गर्नुहोस् (.exe)
- डाउनलोड भएको
nepali-setup-0.1.0.exeफाइलमा डबल-क्लिक गर्नुहोस् र स्थापकका चरणहरू पूरा गर्नुहोस्। - स्थापकले
nepaliलाई स्वचालित रूपमाPATHमा जोड्छ र Start Menu मा सर्टकटहरू बनाउँछ। - नयाँ टर्मिनल (PowerShell वा CMD) खोल्नुहोस् र
nepali versionचलाएर जाँच गर्नुहोस्।
स्थापकले nepali.exe, MIT LICENSE, README र examples/ फोल्डर %ProgramFiles%\NepaliLanguage मा स्थापना गर्छ। यो खुला स्रोत परियोजना हो — GitHub मा स्रोत कोड उपलब्ध छ।
विकासकर्ताहरूका लागि — Source बाट build गर्ने
git clone https://github.com/sangam-giri/nepali-language.git
cd nepali-language
cargo build --release
बाइनरी target/release/nepali मा तयार हुन्छ। सजिलोका लागि PATH मा जोड्नुहोस् वा फोल्डरभित्रैबाट चलाउनुहोस्।
वैकल्पिक — Cargo मार्फत:
cargo install --path .
स्थापना जाँच
nepali version
नेपाली प्रोग्रामिङ भाषा v0.1.0
सुझाव: PowerShell वा CMD ले Devanagari अक्षरहरू कहिलेकाहीँ नमिल्ने गरी देखाउन सक्छ। त्यस्तो भयो भने
chcp 65001 चलाएर UTF-8 मोडमा स्विच गर्नुहोस्।
पहिलो कार्यक्रम
hello.nplफाइल बनाएर निम्न कोड लेख्नुहोस्:
लेख_लाइन("नमस्ते नेपाल!")
लेख_लाइन("मेरो पहिलो कार्यक्रम।")
- चलाउनुहोस्:
nepali run hello.npl
नमस्ते नेपाल!
मेरो पहिलो कार्यक्रम।
- चर र गणित थप्नुहोस्:
नाम = "निशा"
उमेर = २१
अर्को_वर्ष = उमेर + १
लेख_लाइन("नाम: " + नाम)
लेख_लाइन("उमेर: " + सङ्ख्या_पाठ(उमेर))
लेख_लाइन("अर्को वर्ष: " + सङ्ख्या_पाठ(अर्को_वर्ष))
नाम: निशा
उमेर: २१
अर्को वर्ष: २२
अन्तरक्रियात्मक मोड (REPL)
nepali repl
> १ + २
३
> लेख_लाइन("वाह!")
वाह!
कसरी कोड लेख्ने?
- नेपाली IDE (सिफारिस) — सिंट्याक्स हाइलाइटिङ, फाइल explorer, टर्मिनल र डिबग कन्सोल सहितको desktop editor: IDE डाउनलोड (.zip)
- साधारण पाठ सम्पादक पर्याप्त छ — फाइललाई
.nplएक्सटेन्सनसँग UTF-8 मा बचत गर्नुहोस्। - कार्यक्रम माथिबाट तल क्रमैसँग चल्छ — कुनै अतिरिक्त
mainकार्य चाहिँदैन। - कोड फर्म्याट गर्न:
nepali format फाइल.npl